+

अति प्रशंसाले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव

२०७८ चैत  २८ गते १३:०४ २०७८ चैत २८ गते १३:०४
अति प्रशंसाले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव

काठमाडौं । प्रशंसा कुनै कामप्रतिको सकारात्मक प्रतिक्रिया हो । प्रशंसाले बालबालिकाको वृत्ति विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ । उनीहरुमा आत्मविश्वास र उत्साह बढाउन हामी आफ्ना बालबालिकाको प्रशंसा गर्छौं ।

प्रशंसाका कारण बालबालिकामा काम गर्ने उत्साह र गर्न सक्छु भन्ने भावनाको विकास हुन्छ । तर आवश्यकता भन्दा बढी प्रशंसाले बेफाइदा पनि गर्न सक्छ । अति प्रशंसा गर्दा बालबालिका ‘ओभर कन्फिडेन्ट’ हुन्छन् । जसका कारण कुनै गल्ती गर्दा पनि अभिभावक आफूप्रति आश्वस्त भएको सोच्छन् । त्यसैले आफ्ना सन्तानको प्रशंसा गर्दा आमाबुवाले सावधानी अपनाउनुपर्छ ।

बालबालिकालाई हौसला दिन, आत्मविश्वास बढाउन र सकारात्मक नतिजाका लागि आवश्यकताभन्दा बढी प्रशंसा गर्नुहुँदैन ।

बालबालिकाको प्रशंसा गर्दा यी पाँच कुरालाई ख्याल राख्नुहोस्

गर्नेको नभई कामको प्रशंसा गर्ने

प्रशंसाले बालबालिकाको आत्मविश्वास बढोस्, तर ‘ओभर कन्फिडेट’ नहुन् भन्ने कुरामा अभिभावक सतर्क हुनुपर्छ । जसको लागि सबैभन्दा राम्रो तरिका हो, काम गर्नेको नभई कामको प्रशंसा गर्नु ।

जस्तै, बालबालिकाले घरको सरसफाइ गरे भने उसलाई महान् नबनाई सफाइको तरिका राम्रो रहेको भन्दै प्रशंसा गर्नुपर्छ ।

सबैका अगाडि राम्रो नभन्ने

अभिभावकले आफ्ना सन्तानलाई धेरैजसो आफन्त तथा साथीभाइसामु निकै शान्त, प्यारो, इमान्दार र पढन्ते भन्दै प्रशंसा गर्छन् । यस्ता कुरा समय र उमेरसँगै परिवर्तन हुँदै जाने हुँदा यस्ता कुराको कुनै अर्थ रहँदैन । तर बालबालिका नजिक नहुँदा यी कुरा भन्दा फरक पदैन । ।

बालबालिकाकै सामु उसको प्रशंसा गर्दा उनीहरुमा घमण्ड बढ्छ । सानोतिनो गल्ती भएपनि कुनै अफसोस मान्दैनन् ।

झुटो प्रशंसा नगरौं

आफ्ना बालबालिकालाई अरुको भन्दा अब्बल बनाउन बुवाआमा लागिपरेका हुन्छन् । आफन्त तथा साथीभाइका अगाडि आफ्ना बालबालिकाको झुटो प्रशंसा गर्न पछि पर्दैनन् । आफ्ना सन्तानको बढाइचढाइ गर्दै प्रशंसा गर्छन् । झुटो प्रशंसाका कारण बालबालिकाको कार्यक्षमतामा असर गर्छ । यसले बालबालिकामा सिक्ने चाहना र बुझ्ने क्षमतामा कमी हुन्छ ।

अरुसँग तुलना नगरौं

अभिभावकले कहिल्यै पनि आफ्ना बालबालिकाको तुलना अरुसँग गर्नुहुँदैन । अरुसँग तुलना गरेर गरेको प्रशंसाले बालबालिकालाई मानसिक असर पर्छ । कामप्रति उत्साह जगाउन उसलाई अरु कोहीसँग तुलना गर्नुहुँदैन ।

बालबालिकाको नियन्त्रणमा भएका कुराको मात्रै प्रशंसा गर्ने

बालबालिकाले केही काम गरेर सिक्छन् भने केही आफैं सिक्छन् । बालबालिका स्वयंले गरेका कामको मात्रै प्रशंसा गर्नुपर्छ । अरुको सहयोग मार्फत गरेका कार्यको तुलना गर्नुहुँदैन । अरुको सहायताबाट भएका कामको प्रशंसा गर्दा उनीहरु अरुप्रति निर्भर हुँदै जान्छन् ।

ओन्ली माइ हेल्थबाट

प्रशंसा बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?