+

अति प्रशंसाले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव

२०७८ चैत  २८ गते १३:०४ २०७८ चैत २८ गते १३:०४
अति प्रशंसाले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव

काठमाडौं । प्रशंसा कुनै कामप्रतिको सकारात्मक प्रतिक्रिया हो । प्रशंसाले बालबालिकाको वृत्ति विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ । उनीहरुमा आत्मविश्वास र उत्साह बढाउन हामी आफ्ना बालबालिकाको प्रशंसा गर्छौं ।

प्रशंसाका कारण बालबालिकामा काम गर्ने उत्साह र गर्न सक्छु भन्ने भावनाको विकास हुन्छ । तर आवश्यकता भन्दा बढी प्रशंसाले बेफाइदा पनि गर्न सक्छ । अति प्रशंसा गर्दा बालबालिका ‘ओभर कन्फिडेन्ट’ हुन्छन् । जसका कारण कुनै गल्ती गर्दा पनि अभिभावक आफूप्रति आश्वस्त भएको सोच्छन् । त्यसैले आफ्ना सन्तानको प्रशंसा गर्दा आमाबुवाले सावधानी अपनाउनुपर्छ ।

बालबालिकालाई हौसला दिन, आत्मविश्वास बढाउन र सकारात्मक नतिजाका लागि आवश्यकताभन्दा बढी प्रशंसा गर्नुहुँदैन ।

बालबालिकाको प्रशंसा गर्दा यी पाँच कुरालाई ख्याल राख्नुहोस्

गर्नेको नभई कामको प्रशंसा गर्ने

प्रशंसाले बालबालिकाको आत्मविश्वास बढोस्, तर ‘ओभर कन्फिडेट’ नहुन् भन्ने कुरामा अभिभावक सतर्क हुनुपर्छ । जसको लागि सबैभन्दा राम्रो तरिका हो, काम गर्नेको नभई कामको प्रशंसा गर्नु ।

जस्तै, बालबालिकाले घरको सरसफाइ गरे भने उसलाई महान् नबनाई सफाइको तरिका राम्रो रहेको भन्दै प्रशंसा गर्नुपर्छ ।

सबैका अगाडि राम्रो नभन्ने

अभिभावकले आफ्ना सन्तानलाई धेरैजसो आफन्त तथा साथीभाइसामु निकै शान्त, प्यारो, इमान्दार र पढन्ते भन्दै प्रशंसा गर्छन् । यस्ता कुरा समय र उमेरसँगै परिवर्तन हुँदै जाने हुँदा यस्ता कुराको कुनै अर्थ रहँदैन । तर बालबालिका नजिक नहुँदा यी कुरा भन्दा फरक पदैन । ।

बालबालिकाकै सामु उसको प्रशंसा गर्दा उनीहरुमा घमण्ड बढ्छ । सानोतिनो गल्ती भएपनि कुनै अफसोस मान्दैनन् ।

झुटो प्रशंसा नगरौं

आफ्ना बालबालिकालाई अरुको भन्दा अब्बल बनाउन बुवाआमा लागिपरेका हुन्छन् । आफन्त तथा साथीभाइका अगाडि आफ्ना बालबालिकाको झुटो प्रशंसा गर्न पछि पर्दैनन् । आफ्ना सन्तानको बढाइचढाइ गर्दै प्रशंसा गर्छन् । झुटो प्रशंसाका कारण बालबालिकाको कार्यक्षमतामा असर गर्छ । यसले बालबालिकामा सिक्ने चाहना र बुझ्ने क्षमतामा कमी हुन्छ ।

अरुसँग तुलना नगरौं

अभिभावकले कहिल्यै पनि आफ्ना बालबालिकाको तुलना अरुसँग गर्नुहुँदैन । अरुसँग तुलना गरेर गरेको प्रशंसाले बालबालिकालाई मानसिक असर पर्छ । कामप्रति उत्साह जगाउन उसलाई अरु कोहीसँग तुलना गर्नुहुँदैन ।

बालबालिकाको नियन्त्रणमा भएका कुराको मात्रै प्रशंसा गर्ने

बालबालिकाले केही काम गरेर सिक्छन् भने केही आफैं सिक्छन् । बालबालिका स्वयंले गरेका कामको मात्रै प्रशंसा गर्नुपर्छ । अरुको सहयोग मार्फत गरेका कार्यको तुलना गर्नुहुँदैन । अरुको सहायताबाट भएका कामको प्रशंसा गर्दा उनीहरु अरुप्रति निर्भर हुँदै जान्छन् ।

ओन्ली माइ हेल्थबाट

प्रशंसा बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली