+
+

ताजकिस्तानसँग फराकिलो अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १३:३४

२८ चैत, काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल दोश्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको छ । ताजकिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।

ताजकिस्तानका लागि सर्डोरोभ फेजली, हालीमोभ सबोट,योरोभ इद्रिस र रिजमोभ सामन्दरले २/२ गोल गर्दै नेपाललाई पछि पारेका हुन् ।

खेलको पाँचौ मिनेटमा योरोभ इद्रिसले ताजकिस्तानका लागि पहिलो गोल गरेका हुन् । त्यस्तै कुजिभ उमिदले २१ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

खेलको ३१ औं मिनेटमा सर्डोरोभ फेजलीले तेस्रो गोल गरेका हुन् । खेलको ३२ औ मिनेटमा नेपालले आत्मघाती गोल खायो । सर्डोरोभ फेजलीले हानेको बल रोक्न खोज्दा सरोज तामाङले आफ्नै पोष्टमा प्रहार गरेका हुन् ।

पाँचौ गोल पनि सर्डोरोभ फेजलीले ३३ औं मिनेटमा गोल गरेका हुन् । छैटौं र सातौं गोलका लागि हलिमोभ सबोटले ३३ औं मिनेटमा २ गोल गर्दै उत्कृष्ट लय दिलाएका हुन् ।

कुजिभ उमिदले खेलको ३४ औं मिनेटमा ताजकिस्तानका लागि आठौं गोल गरे । खेलको ३६ औं मिनेटमा रिजमोभ सामन्दरले ताजकिस्तानका लागि नवौं गोल गरेका हुन् । त्यसको एक मिनेट पश्चात नै अर्को गोल गर्दै उनले ताजकिस्तानलाई लगातार खुसी दिलाएका हुन् ।

त्यस्तै खेलको अन्तिम मिनेटमा यारोभ इद्रिसले खेलको व्याक्तिगत दोस्रो र ताजकिस्तानका लागि ११ औं गोल गर्दै फराकिलो जित दिलाएका हुन् ।

पहिलो हाफमा १–१ बराबरीमा रोकिएको खेल ताजकिस्तानले दोस्रो हाफ पूरै कब्जामा लिदैं फराकिलो जित हात पारेको हो ।

नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको राम्रो सरुवात गरेको नेपालले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन ।

खेलको २२ औं मिनेटमा क्रुल खड्काले हानेको बल बारमा लागेर फर्किएको हो । सोही बललाई मणी कुमार लामाले प्रहार गर्दा ताजकिस्तानका गोलरक्षक अलि कुलोभले रोके ।

पहिलो खेलमा नेपालले आइतबार उज्वेकिस्तानसँग ५-१ को हार बेहोरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?