+

५ लाख पुरस्कार राशीको सौभाग्य गोल्डकपमा १२ टिम खेल्दै

२०८२ चैत  १४ गते १२:४१ २०८२ चैत १४ गते १२:४१
५ लाख पुरस्कार राशीको सौभाग्य गोल्डकपमा १२ टिम खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता चैत १९ देखि ३० गतेसम्म आयोजना हुने भएको छ ।
  • प्रतियोगितामा १२ जिल्लाका क्लब सहभागी हुनेछन् र विजेताले ५ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
  • सिद्धेश्वरी माविको खेल मैदानमा खेल हुने र करिब ४५ हजार दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ ।

१३ चैत, बुटवल । प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा चैत १९ देखि ३० गतेसम्म हुने प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलवस्तुका गरी १२ क्लबहरूले भाग लिनेछन ।

उपाधि विजेता टिमले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुजु मल्लले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगितामार्फत फुटबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन र देशका विभिन्न जिल्लाबाट खेलाडी र खेलप्रेमी दर्शकलाई आकर्षित गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको मल्लले बताए ।

बुटवल ७ दीपनगरस्थित सिद्धेश्वरी माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने सचिव प्रकाश क्षेत्रीले बताए । खेल अवलोकनका लागि करिब २ हजार क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । प्रतियोगितामा करिब ४५ हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष पदम बहादुर गाहाले सिद्देश्वरी खेल मैदानलाई मिनी स्टेडियम बनाउने लक्ष्यसहित गुरुयोजना सरकारी निकायसम्म पुगेको बताए । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

सौभाग्य गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय