
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने व्यवस्था गरेको छ ।
बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङले उक्त सेवाको शुभारम्भ गरेका हुन् । अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको हो ।
नेपाल सरकारले लागू गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु. १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हालसम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् । उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बोर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।
प्रतिक्रिया 4