+
+

बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ९:११

५ वैशाख, काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।

मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने छ । जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार हिजो देशका सात स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । मौसमविद राजु प्रधानाङ्गका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो । ‘आज, भोलि र पर्सि पनि तापक्रम हिजोको जस्तै हुने अनुमान छ,’ प्रधानाङ्गले भने ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुन्छ । गर्मीको बेला सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

बिहीबारदेखि भने तापक्रम केही घट्ने अनुमान गरिएको मौसमविद प्रधानाङ्गले बताए । बिहीबारदेखि नै बदली हुने र केही स्थानमा हल्का पानी पनि पर्ने हुँदा गर्मीमा केही राहत मिल्ने छ । ‘तुलनात्मक रुपमा पश्चिमभन्दा पूर्वमा अलि बढी वषर्ा हुने सम्भावना छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?