+
+

वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ९:४०

८ वैशाख, वीरगञ्ज । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा एमाले नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए ।

सत्ता गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ । तर कांग्रेसका स्थानीय नेताहरूले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?