११ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलर विक्रम लामा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघको अध्यक्ष चयन भएका छन् ।
एन्फा चुनावमा मताधिकारप्राप्त खेलाडी संघकाे नेतृत्वमा राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर लामा निर्विरोध अध्यक्ष बनेका हुन् ।
आइतबार भएको निर्वाचनमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन उपाध्यक्ष नियुक्त भएका छन् । रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चयन भएका छन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नव नियुक्त समितिलाई प्रमाणपत्र प्रदान गर्दै कार्यकालको लागि शुभकामना व्यक्त गरे ।
एन्फा नेतृत्वका लागि निर्वाचन असार ६ गते हुँदैछ ।
प्रतिक्रिया 4