+
+

उत्तर कोरियाली ह्याकरले चोरे ७२ अर्बको क्रिप्टोकरेन्सी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:४३

उत्तर कोरियाका ह्याकरहरूले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गर्न सफल भएका छन् । एक रिपोर्ट अनुसार Axie Infinity नामक भिडियो गेमको सहयोगमा उनीहरूले गत महिना करिब ७२ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका हुन् ।

द वासिंटन पोष्टको एक रिपोर्ट अनुसार चोरी गरेको क्रिप्टोकरेन्सी अहिलेसम्म पनि ह्याकरहरूले प्रयोग गर्न पाइरहेका छन् ।

हालै ह्याकरहरुले ४५ लाख डलर मूल्यको इथेरियम क्रिप्टोकरेन्सी स्थानान्तरण गरेका थिए ।क्रिप्टोकरेन्सी ट्रयाकिङ साइट इथरस्क्यानले उक्त कुराको खुलासा गरेको थियो ।

त्यसअघि अमेरिकाको अर्थ मन्त्रालयले चोरी गरिएको क्रिप्टोकरेन्सी फ्रिज गर्ने प्रयास गरेको थियो । जसमा उक्त साइबर हमलामा प्रयोग गरिएको डिजिटल वालेट ग्रुपमाथि प्रतिबन्ध लगाइएको थियो ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार उक्त क्रिप्टोकरेन्सी चोरीमा Lazarus Group नामक उत्तर कोरियाली ह्याकर समूहको हात छ ।

उक्त ह्याकर समूहले सन् २०१४ मा सोनी पिक्चर्स कम्पनीमाथि साइबर आक्रमण गरेको थियो ।ब्लकचेन एनालिटिक्स कम्पनी इल्लिप्टिकका अनुसार साइबर अपराधीहरूले चोरी गरेको १० करोड क्रिप्टोकरेन्सी हालसम्म निर्मलीकरण गरिसकेका छन् ।

उक्त ह्याकर समूहसँग सम्बन्धित अन्य तीन ठेगानाहरूलाई पनि अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । इन्टरनेसनल क्रिप्टो एक्सचेन्ज बिनान्सका अनुसार ह्याकरहरुले ट्रान्सफर गरेको ५८ लाख डलरको क्रिप्टोकरेन्सीलाई उसले फ्रिज गरिदिएको छ ।

विश्लेषकहरूका अनुसार विश्वको क्रिप्टोकरेन्सीको अर्थतन्त्र निकै जोखिमयुक्त रहेको कुरा उत्तर कोरियाली ह्याकरहरूले पटक पटक पुष्टि गरिसकेका छन् ।

उनीहरूले क्रिप्टो इकोनोमीको कमजोर विन्दु समाउने गरेका छन् । ह्याकरहरूले क्रिप्टो प्लाटर्फममा रहेको कमजोरीको फाइदा उठाएर त्यस्तो टूलको प्रयोग गर्दछन् जसबाट ह्याक गरिएको क्रिप्टो मुद्राको ठेगाना अरुले पत्ता लगाउन गाह्रो पर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?