+
+

अध्यक्षको टिकट नपाएपछि वडा सदस्यको उम्मेदवार !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १८:१०

१८ वैशाख, सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

९ वैशाखमा राजीनामा दिएका उनले भैरवी गाउँपालिका-७ कव वडा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्षमा दोहोरिने आकांक्षा गरेका बुढालाई पार्टीले टिकट दिएन । त्यसपछि जिल्ला समन्वय समिति प्रमुख बन्ने तयारी अनुसार वडा सदस्यमा उम्मेदवारी दिएको बुढाले बताए ।

स्थानीय तह निर्वाचन सकिएपछि जिल्लाभित्रका स्थानीय तहका जनप्रतिनिधिमध्येबाटै जिल्ला समन्वय समितिका पदाधिकारी चयन हुनेछन् ।

पालिका अध्यक्षमै दोहोरिने इच्छा हो, तर पार्टीको निर्णय मान्नै पर्‍यो । समन्वयको नेतृत्व गर्न वडाबाट आउनुपर्ने रहेछ । त्यसैले सदस्यमा उम्मेदवारी दिएँ’ बुढाले भने ।

जिल्ला समन्वय प्रमुख भएर पनि धेरै काम गर्न सकिने बताउँदै बुढाले त्यसैका लागि आफूले उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?