+

साना-साना कुरामा रिस उठ्छ ? यस्ता छन् नियन्त्रण गर्ने उपाय

२०७९ वैशाख  २५ गते १४:११ २०७९ वैशाख २५ गते १४:११
साना-साना कुरामा रिस उठ्छ ? यस्ता छन् नियन्त्रण गर्ने उपाय

आजभोलि मान्छेको दैनिकी निकै व्यस्त बन्दै गइरहेको छ । व्यस्त जीवनशैलीबीच तनावको मात्रा समेत बढ्दै गइरहेको छ ।

कामका कारण अहिले मान्छे तनावमा हुने गर्छन् । तनावमा भएको बेला झर्किने, स-साना कुरामा रिसाउने र चिड्चिडचपना देखाउने मानवीय स्वभाव हुन्छ । कहिलेकाहीं चिड्चिडापन तथा रिसले विकराल रुप लिन सक्छ ।

कुनै पनि व्यक्तिलाई विभिन्न कुरामा रिस उठिरहेको हुन्छ । बढी रिस उठ्दा स्वयं व्यक्तिलाई नै घाटा हुन्छ । रिसले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग र डिप्रेसन समेत निम्त्याउन सक्छ । रिस उठ्दा हाम्रो शरीरमा भएको रगत तात्न थाल्छ । रगत तात्दा देखिन आउने प्रतिक्रियाले हाम्रो शरीरलाई नोक्सान पुर्‍याउँछ ।

यदि तपाईंलाई बढी नै रिस उठ्छ भने गहिरो सास लिने र योगा-ध्यान गरेर रिस नियन्त्रण गर्न सक्नुहुन्छ ।

किन उठ्छ अधिक रिस ?

हरेकलाई रिस उठ्छ । रिस उठ्नु मानव स्वभाव नै हो । तर रिस उठेको बेला कसरी बोल्ने, कसरी सम्झाउने वा कसरी प्रस्तुत हुने भन्ने कुरा मान्छेको व्यवहार र स्वभावमा भर पर्छ । कोही व्यक्ति कहिलेकाहीं दिक्क भएर आफन्त, परिवार तथा साथीभाइसँग रिसाउँछन्, फेरि सामान्य भइहाल्छन् ।

तर कोही भने रिस उठेपछि निकै आक्रामक हुन्छन् । उनीहरु रिस उठ्दा आसपास भएका सरसामान फाल्ने, फुटाउने र आफूलाई नै नोक्सान हुने काम गर्छन् ।

कोहीलाई रोए कराएपछि रिस शान्त हुन्छ भने कोहीलाई कुनै हर्कत नै गर्नुपर्छ । कहिलेकाहीं रिस उठ्नु सामान्य स्वभाविक भए पनि दैनिक र हरक्षण रिसाउनु रिस उठ्नु भने स्वभाविक होइन । विना कुनै कारण दैनिक रिस उठ्छ भने यसको समाधानमा ध्यान दिनुपर्छ ।

रिस नियन्त्रण गर्न किन जरुरी छ ?

आफ्नो रिस शान्त पार्न कसैलाई गालीगलौच गर्नु, लडाईं झगडा गर्नु, कुनै चिज वस्तु तोडफोड गर्नु वा मार्नु राम्रो होइन । अरुलाई कुनै हानि-नोक्सानी नपुर्‍याइ रिस शान्त पार्नु निकै महत्वपूर्ण कुरा हो ।

रिसले आफूलाई त घाटा गर्छ नै । यसबाट अरुसमेत नराम्ररी प्रभावित हुन्छन् । त्यसैले रिसलाई शान्त पार्न र रिस उठेको बेला आफूलाई सम्हालेर तपाईं नैतिक र जिम्मेवार मान्छे बन्नु अपरिहार्य हुन्छ ।

यस्ता छन् रिस नियन्त्रण गर्ने उपाय

– शान्त रहने प्रयास गर्ने

– रिस शान्त नहुँदासम्म लामो सास लिइरहने

– आफूलाई सम्हाल्ने

– रुनु, कराउनुको बदला शान्त तरिकाले प्रस्तुत हुने प्रयास गर्ने

– आफूलाई मन लागेको कुरा गर्ने

– साथीलाई मनको कुरा भन्ने

– संगीत सुन्ने

– आफूलाई एक्लै छाड्ने

– मानसिक उल्झनबाट बाहिर आउने

रिसका कारण शारीरिक तथा मानसिक समस्याको संकेत अर्थात् महसुस भए चिकित्सकको सहयोग लिनुपर्छ । उच्च रक्तचाप हुनु, मुटुको गति बढ्नु, शरीरका अंगहरु मजबुत हुनु, होश गुमाउनु, चिड्चिडापन आउनु तथा सामान्य भन्दा फरक व्यवहार देखिए आफूलाई सम्हाल्न तथा रिसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाह लिनुपर्छ ।

ओन्ली माइ हेल्थबाट

जीवनशैली रिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

भान्छाको औषधि प्याज

भान्छाको औषधि प्याज

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?