+

शिशुलाई नुहाएपछि ज्वरो आउँछ ? यी कुरामा ख्याल राख्‍नुस्

२०७९ वैशाख  २९ गते १८:२७ २०७९ वैशाख २९ गते १८:२७
शिशुलाई नुहाएपछि ज्वरो आउँछ ? यी कुरामा ख्याल राख्‍नुस्

शिशुको छाला र शरीर निकै कमजोर हुने भएकाले उनीहरुको स्वास्थ्यबारे अभिभावक सचेत हुनु जरुरी छ । अधिकांश अभिभावकले शिशुलाई नुहाएपछि ज्वरो आउने गरेको गुनासो गर्ने गरेका छन् ।

केही शिशुलाई नुहाइसकेपछि सधैं ज्वरो आउने गर्छ भने कसैलाई कहिलेकाहीं मात्रै आउने गर्छ । शिशुलाई नुहाउँदा ज्वरो आउने विभिन्न कारण हुन सक्छन् । जस्तै, सही तरिकाले ननुहाइदिनु, नुहाउने समय तथा तरिका थाहा नहुनु आदि ।

यस्ता छन् शिशुलाई नुहाउँदा ज्वरो आउने कारण

गलत समयमा नुहाउनु : शिशुलाई नुहाउने समय सही नभए शरीरको तापक्रम घट्न गई ज्वरो आउने गर्छ । बेलुकीपख शिशुलाई नुहाइदिनु हुँदैन । दिउँसो १० बजेदेखि १ बजेसम्म शिशुलाई नुहाइदिनु राम्रो हुन्छ । यस्तो गर्दा शिशुलाई ज्वरो आउने सम्भावना न्यून हुन्छ ।

दिनको एक पटक मात्रै नुहाउने : दिनको एकभन्दा बढी पटक नुहाइदिनाले शिशुलाई ज्वरो आउन सक्छ । अत्यधिक गर्मी भए पनि शिशुलाई दिनको दुई पटक नुहाउनु हुँदैन । बरु शरीर चिसो कपडाले पुछ्न सकिन्छ ।

गलत तापक्रममा नुहाउनु : शिशुको स्वास्थ्यका लागि गलत तापक्रममा नुहाउने काम बन्द गर्नुपर्छ । यस्तो गर्दा शिशुको स्वास्थ्यमा असर पर्न गई ज्वरो आउन सक्छ । शिशुलाई सिधै एसी भएको कोठा अर्थात् बाथरुममा लगेर नुहाइदिंदा पनि ज्वरो आउन सक्छ ।

बिहान नुहाइदिनु : शिशुलाई बिहान नुहाउँदा जुनसुकै बेला ज्वरो आउन सक्छ । तपाईंलाई बिहान मात्रै समय मिल्छ भने पनि शिशुलाई सकेसम्म बिहान नुहाउनु हुँदैन । बरु चिसो कपडाले सफा गर्न सकिन्छ । बिहानको समयमा शरीरको तापमान बढी र प्रकृतिको कम हुने भएकाले शिशुलाई ज्वरो आउने गर्छ ।

बढी समयसम्म नुहाउनु : शिशुलाई निश्चित समयभन्दा बढी नुहाउँदा वा पानीमा राख्दा ज्वरो आउँछ । शिशु तथा बालबालिकाको शरीरको तापमान वयस्कको भन्दा बढी हुने भएका कारण उनीहरुलाई १५ मिनेटभन्दा बढी पानीमा राख्नुहुँदैन ।

शिशुलाई ज्वरो आउनबाट कसरी बचाउने ?

शिशुको स्वास्थ्य अवस्था ठीक नभएको शंका लागेमा अभिभावकले चिकित्सकको सल्लाह लिनुपर्छ । साथै आफैंले पनि केही कुरामा ध्यान दिए ज्वरो आउनबाट बच्न सकिन्छ ।

यस्ता छन् शिशुलाई ज्वरोबाट बचाउने उपाय

–  शिशुलाई बेलुका नुहाउने काम नगर्र्ने

– ज्वरो आएमा ननुहाइदिने

– शिशुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मनतातो पानीमा नुहाइदिने

– छालासम्बन्धी कुनै समस्या भए चिकित्सकको सल्लाह लिने

– नुहाउनुभन्दा पहिले कोठा तथा बाथरुमको तापक्रम मिलाउने

– धेरै चिसो वा तातो पानीले ननुहाइदिने

दैनिक भास्करबाट

शिशु स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय