+

चुनावको भीडभाडले कोरोना संक्रमण बढ्न सक्छ ?

२०७९ वैशाख  ३१ गते १६:३१ २०७९ वैशाख ३१ गते १६:३१
चुनावको भीडभाडले कोरोना संक्रमण बढ्न सक्छ ?

नेताहरु घर–दैलोमा पुगेर भोट माग्न आए । मतदानका लागि आह्वान गरे । तर, भीडभाडको कारण फैलन सक्ने कोरोनाको संभावित जोखिमबारे सर्तक गराएनन् । त्यसैले मत हाल्नका लागि भीड त उर्लियो तर स्वास्थ्य सचेतना देखिएन ।

अहिले नेपालमा कोरोना संक्रमितको संख्या न्युन छ । ५० को हाराहारीमा संक्रमित छन् । यही कारण पनि कोरोनाप्रति मान्छेहरुमा भय हटेको हुनसक्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन् ।

‘तर, कोभिड छैन भनेर बेवास्ता गर्दा भारतमा जस्तै चुनाव पछि नै कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्न सक्छ’ डा. कार्की भन्छन् ।

मुलुकमा निर्वाचन सुरु हुनुअघि यसको संभावित जोखिमबारे आफुले सम्बन्धित निकायलाई सर्तक गराएको उनले बताए । निर्वाचनको बेला भेला हुने, भोज भत्तेर गर्ने, भीडभाड हुने भएकाले यस्तो अवस्थामा कोरोना संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराएको तर उनीहरुले खासै ध्यान नदिएको डा. लोचनको भनाई छ ।

‘मैले धेरै मिडियामा यो कुरा भन्दै आएको थिएँ । छिमेकी मुलुकमा कोरोना बढिरहेको बेला खुल्ला सिमाना भएकोले नेपालमा पनि कोरोना संक्रमित बढ्न सक्छ । एक जना मात्र कोरोना संक्रमित पनि धेरै भिडभाडमा जाँदा धेरैलाई कोरोना सल्काउँछ त्यसैले स्वास्थ्य मापदण्डलाई सबैले ध्यान दिनुपर्छ ।’

राजनीतिक दल तथा उनका नेताहरूले जनस्वास्थ्यप्रति खासै चासो नदेखाएको उनको टिप्पणी छ । भोट माग्ने नेताहरूले भीडभाडामा स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ भनेर ख्याल गरेनन् । मतदान स्थलमा भौतिक दूरी वा मास्कको प्रबन्ध गरिएन । यद्यपि मतदान स्थल खुला स्थानमा भएकाले संक्रमण फैलने भय कम रहेको सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।

मतदानपछिको अवस्थामा मतगणना गर्दा, विजय उत्सव मनाउँदा, भोज भत्तेर गर्दा कोरोना संक्रमण सर्न सक्ने उनले औंल्याए । ‘एक हिसाबले त हामी सुरक्षित नै छौं । तर, हेलचेक्राई गर्ने बेला भएको छैन । अझैपनि स्वास्थ्य सचेतना अपनाउनै पर्छ’ डा. अनुप बास्तोला भन्छन् ।

पहिलो, दोस्रो र तेस्रो भेरियन्टमा धेरै संक्रमित भए । मान्छेमा रोग प्रतिरोधात्मक क्षमता बढेको छ । अधिकांशले खोप पनि लगाइसकेका छन् । त्यसैले भयभित हुनुपर्ने स्थिती छैन ।

 

कोरोना संक्रमण
लेखक
सुमित्रा लुइँटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा. यशोदा रिजाललाई निलम्बन गर्ने निर्णयमा उच्च अदालतको अंकुश

डा. यशोदा रिजाललाई निलम्बन गर्ने निर्णयमा उच्च अदालतको अंकुश

भारतका स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण, नेपाल कति सुरक्षित ?

भारतका स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण, नेपाल कति सुरक्षित ?

सागपातमै विषादीको मात्रा धेरै, कसरी स्वस्थ रहने ?

सागपातमै विषादीको मात्रा धेरै, कसरी स्वस्थ रहने ?

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक