+
+

जीतपुरसिमरा उपमहानगरपालिका-२४ को वडाध्यक्षमा कांग्रेसका सुल्तान निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १८:०३

३१ वैशाख, बारा । जीतपुरसिमरा उपमहानगरपालिका-२४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् ।

अन्सारीले ७ सय ८७ मत ल्याएर विजयी भएका हुन् । दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कलामुदिन मियाँ अन्सारी भए ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारीअनुसार वडाध्यक्षसँगै नेपाली कांग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरु पनि निर्वाचित भएका छन् । यसअघि नै नेकपा एमालेबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?