+
+

दाङको बंगलाचुलीमा माओवादी केन्द्र निर्वाचित

उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ७:४१

२ जेठ, दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।

अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई २ हजार ७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ६७८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भए । उनले ५ हजार ९४५ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । आठ वटा वडाहरुमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् ।

बंगाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?