+

वेष्टह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

२०७९ जेठ  २ गते ९:४९ २०७९ जेठ २ गते ९:४९
वेष्टह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

२ जेठ, काठमाडौं । वेष्टह्यामसँग २-२ को बराबरी खेलेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधिका लागि अन्तिम खेल नै कुर्नुपर्ने भएको छ ।

जारोड बोवेनले दुई गोल गर्दै वेष्टह्यामलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । तर सिटीले पुनरागमन गर्‍यो ।

सिटीका लागि ज्याक ग्रेलिसले एक गोल गरे भने वेष्टह्यामका भ्लादिमिर काउफालले आत्मघाती गोल उपहार दिए ।

रियाद माहारेनले ८६ औं मिनेटमा प्राप्त प्नाल्टीमा गोल गर्न नसक्दा सिटी जितबाट बन्चित बनेको थियने ।

एक खेल बाँकी रहँदा सिटीले ९० अंक जोड्दै दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । तर लिभरपुलले दुई खेल खेल्न बाँकी छ ।

सिटीले अब आफ्नो अन्तिम खेल जितेमा उपाधि जित्नेछ । यदि लिभरपुल अब हुने खेलमा साउथह्याम्पटनसँग पराजित भएमा भने सिटीले अन्तिम खेल अघि नै उपाधि जित्नेछ ।

म्यानचेष्टर सिटी वेष्टह्याम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय