+
+

सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १६:४२

४ जेठ, सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा रामसिंहासन राय र उपाध्यक्षमा सरिता कुमारी निर्वाचित भएका हुन् ।

राय ४ हजार ९४६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्या यादवले २ हजार ८७१ मत पाए । यादव निवर्तमान मेयर समेत हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सरिता कुमारीले ४ हजार ७९५ मत प्राप्त गरिन् भने निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी निभा कुमारीले ३ हजार २३३ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?