+
+

ढुंगा प्रहारबाट घाइते ठोरीका युवकको वीरगञ्जमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १५:२८

८ जेठ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाका एक व्यक्तिको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुर बाघमोर्चा बस्ने ३५ वर्षीय प्रवीण पाख्रिनको मृत्यु भएको हो ।

ढुंगा प्रहारबाट घाइते पाख्रिनको वीरगञ्ज पानीट्याङ्की स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

गत जेठ ६ गते आपसी विवाद झगडामा परिणत हुँदा उनलाई केही व्यक्तिहरुले ढुंगाले हानेका थिए । उनलाई ढुंगाले हानेर घाइते बनाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ ।

‘आपसी झगडाका कारण भएको घटनामा ३÷४ जनाको संलग्नता रहेको भनिएको छ । फरार भएकाहरुको खोजीसँगै अनुसन्धान पनि अघि बढाएका छौं’ प्रवक्ता डीएसपी खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?