+
+

एकनाले बन्दुकसहित पर्सागढीबाट २७ वर्षीय युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १६:२८

८ जेठ, वीरगञ्ज । प्रहरीले पर्साको पर्सागढी नगरपालिका-९ बडेर्वाबाट अवैध एकनाले बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडेर्वाकै २७ वर्षीय शिवु माझी मुसहर रहेका छन् । १२ बोरको एकनाले घरेलु बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ शिवुलाई एक नाले भरुवा बन्दुक बोकेर बडेर्वाबाट तेलियाटोलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय एक टाँगा र अस्थायी प्रहरी पोष्ट मनवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

तेलिया टोल जाने सडकखण्डमा खटिएको प्रहरी टोलीलाई देख्ने वित्तिकै शिवु भागेका थिए । लखेटेर उनलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओेम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?