+
+

मसला, ड्राइफुड र जंकफुडमा बढाइयो भारी कर, इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूलसमेत महँगिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ६:२०

१६ जेठ, काठमाडौं । सरकारले विभिन्न गरम मसलाजन्य खाद्यवस्तु, ड्राइफुड तथा जंकफुडसहित इनर्जी ड्रिंक्स लगायतका खाद्यवस्तुमा अन्तःशुल्क र भन्सार दर बढाएको छ । अब आयात हुने इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल पनि महँगिने भएको छ ।

सरकारले आर्थिक विधेयक २०७९ मार्फत नरिवलमा अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत पुर्याएको छ । बदाम, काजु र पिस्ता पनि १५ प्रतिशत पुगेको छ । सुपारी (आरिक नट)मा अन्तशुल्ल्क प्रतिकिलो २५ बाट १०० रुपैयाँ पुगेको छ ।

मरिच र दालचिनी पनि अन्तःशुल्क दर १५ प्रतिशत कामय भएको छ । ससेज र मासुमा आधारित खाद्य पदार्थमा अन्तःशुल्क १० बाट १५ भएको छ ।

चुइगममा १० बाट १५, गुलियो कोको धुलो ५ बाट १५, फ्रेन्च फ्राइमा  १० बाट १५, केराउमा अन्तःशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।

सिमी, कुरिलो, जैतुन, गुलियो मकै, बाँसको तामा र अमिलो फलफूलको आयातमा लाग्ने अन्तःशुल्क पनि १० बाट १५कायम भएको छ ।

मम्फली बदाम, भुटेको चना, भुइँकटहर, नास्पाती लगायतका फलफूलमा पनि अन्तःशुल्कदर ५ बाट १५प्रतिशत कामय भएको छ ।

दालमोठ, नमकिन, भुजियामा पनि अन्तःशुल्क ५ बाट बढाएर १५ प्रतिशत बनाइएको छ । सुर्तिरहित पान मसलामा प्रतिकेजी ८२१बाट ८२१ रुपैयाँ र सुर्तिरहित सुगन्धित सुपारी प्रतिकेजी २८१बाट ३५० रुपैयाँ कायम भएको छ ।

इनर्जी ड्रिंक्समा प्रतिलिटर १०० रुपैयाँ भन्सार शुल्क पुर्याइएको छ भने अन्तःशुल्क लिटरमा रहेको ३६ बाट ५० रुपैयाँ बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?