+
+

बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ११:२७

१८ जेठ, बैतडी । डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् ।

प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरेको हो ।

वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?