+
+

ललितपुरमा गाडीको आधा भाग पानीमा डुब्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १३:०७

२६ जेठ, काठमाडौं । केहीबेर पानी पर्नासाथ काठमाडौं उपत्यकाका सडक जलमग्न हुनु सामान्य जस्तै भइसकेको छ । पानीको उचित निकास नहुँदा सडकमा पानी जम्ने र सवारी साधन फस्ने गरेका छन् ।

यस्तै दृष्य आज पनि बागमती करिडोर अन्तर्गत ललितपुरमा देखियो । सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा टाटा पिकअप भ्यान फसेको छ । गाडी पानीमा आधा डुबेको देखिन्छ । को २ च २२०९ नम्बरको उक्त गाडी झापाबाट कुरियरका सामान बोकेर आएको थियो ।

यहाँ पानीको उचित निकासको व्यवस्था नभएकाले वर्षाको बेला प्राय पानी जम्छ र सो सडक हुँदै हुँदै यात्रा गर्नेहरुले यसैगरी दुःख पाउँछन् । पानीमा फसेको उक्त गाडीलाई अहिले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?