१ असार, काठमाडौं । यूईएफए नेशन्स लिग फुटबलमा मंगलबार भएको जर्मनीले इटालीलाई ५-२ ले पराजित गरेको छ । जर्मनीको फराकिलो जितमा जित टिमो वेर्नेरले दुई तथा जो सुअ किमिच, ईल्के गुन्डागोन र थोमस मुलरले एक एक गोल गरे ।
इटलीका लागि १८ वर्षीय विल्फ्रिड जिनान्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरे । जिनान्टो इटलीका लागि गोल गर्ने युवा खेलाडीसमेत बने ।
६५ वर्षपछि इटलीले एकै खेलमा ५ गोल खाएको हो । सन् १९५७ मा भएको सेन्ट्रल युरोपियन कपमा इटली युगोस्लाभियासँग ६-१ ले पराजित भएको थियो ।
जर्मनीले प्रतियोगितात्मक खेलमा इटलीलाई पहिलो पटक पराजित गरेको हो । जितपछि लिग ए को समूह सीमा जर्मनी ६ अंक जोडेर दोस्रो स्थानमा छ । इटली ५ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4