+
+
फ्राइडे रिलिज :

‘चिसो मान्छे’ नेपाल र अमेरिकामा रिलिज, हल दौडाहामा स्वस्तिमा र अर्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते ११:५६

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपाल, अमेरिका र माल्टामा एकसाथ प्रदर्शनमा आएको छ । यो साता रिलिज हुने यो एक मात्र फिल्म हो ।

कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गर्छ ।

दुई घण्टा लामो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ । कोरोना संक्रमणको त्रास, पूर्व माओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्मले चित्रण गर्छ ।

सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई पनि फिल्ममा चित्रण गरिएको छ । पशुपति प्रसाद, आमाजस्ता रुचाइएका फिल्मलाई निर्देशन गरेका खनालको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ ।

‘कबड्डी ४’ले घरेलु र डायस्पोरा बक्स अफिसमा दबदबा कायम गरिरहँदा रिलिज भएको फिल्म चिसो मान्छेको व्यावसायिक भविष्य यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्म मध्यपूर्वमा ६ जुलाई र युरोपमा २५ जुनमा प्रदर्शन हुँदैछ ।

दर्शकसँग फिल्म हेर्न स्वस्तिमा हलमा

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

फिल्म रिलिज भएसँगै स्वस्तिमा र अर्पणको हल दौडाहा सुरु भएको छ । उनीहरु हल–हलमा पुगेर दर्शकसँगै फिल्म हेर्ने र प्रतिक्रिया बुझ्ने काम गरिरहेका छन् ।

शुक्रबार बिहान स्वस्तिमा र अर्पणसहितको टोली नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा पुगेको थियो । ‘राम्रो प्रतिक्रियाले उत्साहित छु,’ स्वस्तिमाले अनलाइनखबरसँग भनिन्, ‘आज दिउँसोभर हल भिजिट गर्ने कार्यक्रम छ ।’ वान सिनेमाजमा बिहान साढे आठ बजे ७० प्रतिशत अकुपेन्सी थियो ।

देशभर १०० हलबाट फिल्म रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?