+
+

हत्या आरोपमा संलग्‍न व्‍यक्ति साढे २ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १८:३६

१९ असार, काठमाडौं । प्रहरीले महिला हत्‍यामा संलग्‍न व्‍यक्तिलाई २ वर्ष ६ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ड नगरपालिका-१४ बस्‍ने ३२ वर्षीय राजु भन्‍ने प्रेमबहादुर तामाङ रहेका छन् ।

काठमाडौंको तारकेश्वरमा बस्‍दै आएका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मित्रनगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍यक कानुनी कारबाहीका लागि प्रहरी वृत लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?