+
+

बारामा कटुवा पेस्तोलसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ८:५७

२३ असार, वीरगञ्ज । प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया पक्राउ परेका हुन् ।

बेलुका ६ः५० बजेतिरको समयमा सिम्रौनगढ- १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो ।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?