+
+

नेविसंघले पनि माग्यो गभर्नरको राजीनामा, आज बालुवाटारमा प्रदर्शन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते ९:०३

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन पनि विरोधमा उत्रिन लागेको हो ।

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी’को छद्म नामबाट संलग्न रहेको भन्दै र शैक्षिक योग्यतामा समेत प्रश्न उठाउँदै उनीहरुले गभर्नरको राजीनामा मागेका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज बालुवाटारमा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

गभर्नर नियुक्त हुन एमए उत्तीर्ण हुनुपर्नेमा उनले स्नातकसम्म मात्र अध्ययन गरेको भन्दै शैक्षिक योग्यतामा प्रश्न उठाइएको छ । अधिकारीले भारतबाट सीए उत्तीर्ण गरेको प्रमाणपत्रको आधारमा गभर्नरमा नियुक्त भएको तर भारतमा सीए उत्तीर्णलाई नेपालमा समकक्षता नदिइएकाले उनको शैक्षिक योग्यता नपुग्ने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?