+
+

वातावरणविद् अरनिको पाण्डे ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १७:३९

५ साउन, काठमाडौं ।  वातावरणविद् अरनिको पाण्डेले संसदीय चुनावमा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अष्ट्रेलियाको मेलबर्न इन्स्च्यिुट अफ मेलबर्न (एआईटी)बाट विद्यावारिधि गरेका छन् । काठमाडौं उपत्यकाको वायू प्रदूषणको अनुसन्धान गरेका उनले सोही विषयमा विद्यावारिधी गरेका छन् ।

‘जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु’, ललितपुर ३ को उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भने ।

यूएनईपी, युएनडीपी, डब्लूएचओ लगायतका अन्तराष्ट्रिय संस्थामा आवद्ध उनले काम गरेका थिए । जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा उनले नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर काम गरेका थिए ।

उम्मेदवारी घोषणा गर्ने क्रममा पाण्डेले जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःखबारे अन्तराष्ट्रिय स्तरमा आवाज उठाउने बताएका छन् । विकासको मोडलको बहसको आवश्यकता देखेर उम्मेदवार बन्न लागेको उनले प्रष्टाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?