+
+

मुम्बईमा ‘प्रेमगीत ३’को पत्रकार सम्मेलन, प्रदीप भन्छन्- नेपाल र भारतबीच हृदय खुला छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १३:१७

काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ले पहिलोपटक भारतको मुम्बईमा पत्रकार सम्मेलन गरेको छ । मंगलबार मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकारहरु प्रदीप खड्का र क्रिस्टिना गुरुङ भारतीय सञ्चारमाध्यमबाट घेरिए ।

अभिनेता खड्काले भारतमा फिल्मको प्रचार अभियान सुरु भएको भन्दै नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको पनि भएको बताए । ‘नेपाल र भारतबीच खुला सीमा मात्र छैन, हामीसँग खुला हृदय पनि छ,’ प्रदीपले भने ।

पत्रकार सम्मेलनमा अभिनेत्री क्रिस्टिना गुरुङले फिल्मको कथावस्तुले नेपाल र भारतलाई जोड्ने भन्दै दर्शक मुलुकका दर्शकले रुचाउने बताइन् । निर्देशक सेनले भारतमा नेपाली फिल्मको बजार खोज्न ‘प्रेमगीत ३’ले भूमिका खेल्ने बताए ।

असोज ७ गते फिल्म नेपाल र भारतसहित विश्व बजारमा रिलिजको तयारीमा छ । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हुन् ।

अहिले दिल्ली र मुम्बईका सडकमा समेत फिल्मको होर्डिङ बोर्डसहित प्रचारप्रसार सुरु भएको छ । हल रिलिजको आठ सातापछि यो फिल्म अमेजन प्राइममा समेत रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?