+

हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ? 

२०७९ साउन  २५ गते १२:५५ २०७९ साउन २५ गते १२:५५
हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ? 

हृदयघात र प्यानिक अट्याकबीचको भिन्नता छुट्टाउन अलि गाह्रो छ, किनभने दुवैका लक्षण लगभग उस्तै हुन्छन् । अत्यधिक तनाव र चिन्ता प्यानिक अट्याकको प्रमुख कारण हो । जसले हृदयघात पनि निम्त्याउन सक्छ । दुई बीचको भिन्नता बुझ्न सकियो भने यी समस्यालाई राम्रोसँग समाधान गर्न पनि सकिन्छ  ।

हृदयघात भनेको के हो ?

मुटुमा रगत र अक्सिजन पुर्‍याउने कोरोनरी धमनी अवरुद्ध हुँदा हृदयघात हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह रोक्छ । केही हृदयघात तुरुन्तै देखा पर्छन् र घातक हुन सक्छ । हृदयघात हुँदा केही लक्षण देखा पर्न सक्छन्, जस्तै छाती दुख्नु, छाती भारी हुनु, डकार आउनु, सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, पसिना आउनु, चक्कर लाग्नु, शरीरको माथिल्लो भाग दुख्नु । विशेषगरी एक वा दुवै हात, घाँटी, ढाड, बङ्गारा वा पेट दुख्ने हुनसक्छ ।

यद्यपि, छाती वा हात दुख्नु हृदयघातको एक सामान्य लक्षण हो, जुन प्रायः पत्ता लाग्दैन । यसले शरीरको माथिल्लो भागमा थकान जस्ता लक्षण देखाउन सक्छ ।

मधुमेह, उच्च कोलेस्ट्रोल, तनाव र उच्च रक्तचापको समस्याबाट ग्रसित व्यक्तिलाई हृदयघात हुने सम्भावना बढी हुन्छ । यसबाहेक, धुम्रपान, खराब जीवनशैली र शारीरिक गतिविधिको कमीले पनि जोखिम बढाउँछ ।

प्यानिक अट्याक

तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब प्यानिक अट्याक हुन सक्छ । कुनै तनावपूर्ण घटनाका कारण प्यानिक अट्याक हुन सक्छ । प्यानिक अट्याक हुँदा छाती दुख्ने, मुटु छिटो धड्कने, पसिना आउने, मृत्युको डर, रिंगटा लाग्ने, वाकवाकी लाग्ने र शरीर झमझम गर्ने जस्ता लक्षण देखा पर्न सक्छन् । श्वासप्रश्वासको अभ्यास, हल्का व्यायाम र ध्यानले प्यानिक अट्याकलाई नियन्त्रण गर्न सकिन्छ ।

हृदयघात र प्यानिक अट्याकमा के छ भिन्नता ?

एसियन हार्ट इन्स्टिच्युट, मुम्बईका वरिष्ठ कार्डियोलोजिस्ट डा. तिलक सुवर्णका अनुसार यी दुई अवस्थाका केही लक्षण फरक छन्, जसले यी दुईको अन्तर पत्ता लगाउन सकिन्छ  :

-हृदयरोगको कुनै इतिहास वा धुम्रपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, छाती दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता कारकलाई बेवास्ता गर्नु हुँदैन । उनीहरूलाई मुटुरोगको जोखिम हुन सक्छ ।

-यदि आराम गर्दा लक्षणहरू देखिन्छन्, तर हिंड्दा वा शरीरलाई चलायमान बनाउँदा लक्षण देखिंदैनन् भने ती लक्षण हृदयघातको नहुन सक्छ ।

-हिंडडुल गर्दा लक्षण बढ्छन्, तर आराम गर्दा कम हुन्छन् भने त्यो हृदयघातको लक्षण हुन सक्छ ।

-हृदयघातको शंका लागेमा, ईसीजी गराउनुपर्छ । ईसीजी गरेर हेर्दा केही समस्या देखियो भने उपचार हुन्छ र हृदयघातबाट बच्न सकिन्छ ।

यदि स्वास्थ्य अवस्थाबारे कुनै प्रकारको शंका लागेको छ भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । अचानक छाती दुख्ने समस्या भयो र त्यो ३ मिनेट भन्दा बढी समयसम्म रहेमा तुरुन्तै अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

हृदयघातको अवस्थामा ढिलाइ घातक हुन सक्छ । बारम्बार प्यानिक अट्याक हुन्छ भने पनि उपचार गरी हाल्नुपर्छ । किनकि प्यानिक अट्याकले पनि हृदयघातको जोखिम बढाउँछ ।

द हेल्थ साइड डटकमबाट

प्यानिक अट्याक हृदयघात
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?