+
+

पास्टरले मृतकलाई जीवित गराएको भनिएको भिडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १३:४३

६ भदौ, बुटवल । बुटवलको एक चर्चमा पास्टरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको छ ।

विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।

प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता श्याम अर्यालले बताए । भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई  जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।

भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?