+
+

अमेरिकामा संसारकै ठूलोमध्येको सिनेवर्ल्ड मल्टिप्लेक्स सिनेमा चेन टाट पल्टियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १६:५५

काठमाडौं । विश्वकै ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनेवर्ल्डले आफ्नो ऋणको आकार ५० बिलियन डलर पुगेको बताउँदै टाट पल्टिएको घोषणा गर्ने तयारी गरेको छ ।

तर बेलायतमा पिक्चरहाउस कम्पनीको पनि स्वामित्व लिने यो चेनले त्यहाँ आफ्ना फिल्म हल व्यवसायका लागि पनि खुला रहने र यसले रोजगारीमा महत्वपूर्ण प्रभाव नपर्ने जनाएको छ । संसारभर सिनेवर्ल्डका २८ हजार कर्मचारी छन् ।

अन्य सिनेमा चेनजस्तै सिनेवर्ल्ड पनि कोरोना महामारीबाट प्रभावित हुनेमध्ये पर्छ । धेरै सिनेमा हलहरु कोरोना महामारीका बेला लागू गरिएको लकडाउनका कारण बन्द रहे या सामाजिक दुरीको नियमको कारण आधा प्रतिशत अकुपेन्सीसहित मात्र सञ्चालन भए ।

तर लकडाउन खुकुलो पारिएपछि चेन सञ्चालकहरुले बन्ड फिल्म, टपगन ः माभेरिक र थोर ः लभ एण्ड थन्डरले दर्शकलाई हलसम्म फिर्ता गर्ने आशा राखेका थिए ।

टम क्रुज अभिनित फिल्म ‘टपगन ः माभेरिक’ले विश्व बक्स अफिसमा १.८ बिलियन डलर कमाएको छ र अहिलेसम्म धेरै कमाउने १० फिल्मको स्थानमा सूची बनाएको छ ।

तर गत साता सिनेवर्ल्डले अझै पनि फिल्मले दर्शकलाई आकर्षित गर्न नसकेको र पर्याप्त मात्रमा ठूला फिल्म रिलिज नहुँदा यसले दर्शकको आगमनमा प्रभावित नपारेको चेतावनी दिएको थियो ।

कमस्कोरको एक तथ्यांकअनुसार सन् २०१९ मा ‘एभेन्जर्स ः एन्डगेम’ र ‘फ्रोजन २’को कारण विश्व बक्स अफिसको आकार ४२.५ बिलियन डलर पुगेको थियो । सन् २०२२ मा ‘जुरासिक फिल्म डोमिनियन ः द राइज अफ ग्रु’ले रामो प्रदर्शन गरेको थियो । तर सन् २०१९ को तुलनामा यस वर्ष विश्व बक्स अफिसको कमाइ ३२ प्रतिशतले घटेको छ ।

सिनेमा हलहरुले पनि स्ट्रिमिङ सेवाबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन् । किनभने लकडाउनको समयमा स्ट्रिमिङ प्लेटफर्मले लोकप्रियता हासिल गरेका थिए ।

सन् २०२० मा दुई ठूला मल्टिप्लेक्सन चेन सिनेवर्ल्ड तथा एएमसी र युनिभर्सल पिक्चर्सबीच विवाद भएको थियो । यी सिनेमा चेनले लकडाउनको कारण हल बन्द भएको बेला युनिभर्सलले ‘ट्रोल्स ः वल्र्ड टुर अनलाइन’ रिलिज गरेको भन्दै आलोचना गरेपछि विवाद सिर्जिएको थियो । किनभने सिनेवर्ल्डले हलमा लाग्नुभन्दा अघि नै फिल्म रिलिजको सहमति स्टुडियो वार्नर ब्रोजसँग गरेको थियो ।

जीवनयापनको बढ्दो लागतका कारण मानिसले आफ्नो प्लेटफर्म छाडेको यसअघि नेटफ्लिक्सले बताएको थियो ।

वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार गत शुक्रबार सिनेवर्ल्डले आफ्नो कमाइमा ६० प्रतिशत गिरावट आएको र आफूले केही साताभित्रै बैंकिङ रुपमा टाट पल्टिएको घोषणा गर्ने उल्लेख थियो ।

सिनेवर्ल्डले व्यापारलाई कसरी पुनर्संरचना गर्ने भन्नेबारेमा विभिन्न उपाय खोजिरहेको जनाएको छ । तर बेलायतमा टाट पल्टिएको घोषणा गर्ने योजना र त्यहाँका ४६ सय कर्मचारीलाई यसको कस्तो असर पर्छ भन्नेबारे केही खुलाइएको छैन ।

बेलायतमा सिनेवर्ल्डका १२८ वटा सिनेमा हल छन् भने विश्वभर ७५० सहरमा ९ हजार १८९ पर्दा छन् । अमेरिका, पोल्यान्ड र इजरायलसहितका १० सहरमा सिनेवर्ल्डले हल चलाइरहेको छ ।

सिनेवर्ल्डको अहिलेको बजार मूल्य ६९ मिलियन डलर छ भने यसको ऋण ५ बिलियन डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?