+
+
Shares
कविता :

सोचमग्‍न बुबा

श्याम गैरे श्याम गैरे
२०७९ भदौ १० गते १५:५५

लामो श्वास फेर्दै

जूनको प्रतीक्षा गर्दै

मेरो अनुहारमा हेर्दै

बुबा हजुरले निक्कैबेर के सोच्नु भएको ?

चौतारामा तरकारीको भारी बिसाउँदै

पसिनामा श्वास र मेरो भविष्य मिसाउँदै

टोपीले पसिना पुछ्दै

धरोबाट कनिका झिकेर

पारिको त्यो उजाड चौरमा हेर्दै

बुबा हजुरले यतिविधि के सोच्नुभयो ?

यहाँले आफ्नो सोचाइको विषयबारे केही भन्न मिल्छ र ?

बुबा :

छोरा अहिले म बसेको चौतारो जवान छ

यसमाथि बस्ने सपनाहरु रहरलाग्दा छन्

पसिनाहरु सपनामाथि सवार गर्दागर्दै ओबाइहाल्छन्

तर पनि यस चौतारीमा बस्दा

मलाई ढाडमा चुटुक्क चुटुक्क कमिलाले झैं

सभ्यताको अन्योलताले किन टोकिरहेछ छोरा ?

छोरा :

बुबा, धाराले पाइन्ट अड्याउँदै

हातमा चप्पल समाउँदै

निक्कै तल पुगेपछि

क्याप्टेन दाइसँग,

‘यो सपनाको भारी तरकारी भन्दा निक्कै गरुङ्गो छ नि’

भन्दै हजुरले बोलेको वाक्य

तरकारीसँग साटेका सपनाहरू

देख्दै म त्यस सभ्यताको अन्धकार रातमा

भुसुक्कै निदाएछु नि है हजुरका सपनामाथि

यत्ति नै बेला मलाई एक्कासी अल्जाइमर्सका गाडीहरुमा सवार यात्रुहरुले अपहरण गरे नि

बुबा,

त्यसैले पनि होला बुबा अहिले मैले सबै कुरा बिर्सिसकेको छु ।

हे श्रमका देवता हजुर,

एकपटक फेरि पनि हजुर ध्रुवलोकबाट

एकपटक उदाइदिन मिल्छ र ?

बल्ल अहिले आएर बुझ्दै छु

हजुरले निक्कैबेर के सोच्नु भएको रहेछ भनेर

किनकि, हजुरको यादको औंसीमा परिसकेको मान्छे म त,

तर पनि बुबा,

जूनेली रातमा हजुरका स्मृतिका अपहरित यादहरू,

फिर्ता बोलाउने मन छ नि मलाई

त केवल म वृद्धाश्रम पुग्नुअघि ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?