+
+

कोटेश्वरमा महानगरको डोजर

शंकर गिरी शंकर गिरी
२०७९ भदौ १९ गते १९:११

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना डोजर लगाएर हटाउन थालेको छ ।

फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको पाण्डेले बताए । अहिले कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?