+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

‘छक्कापञ्जा ४’लाई कात्तिक ४ मा रिलिज गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १३:२७

काठमाडौं । ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताए ।

‘अहिलेसम्म ५० प्रतिशत सम्भावना कात्तिक ४ गते भन्ने हो । हामीले त्यसपछिको मितिमा पनि सम्भावना हेरिरहेका छौं,’ गिरीले अनलाइनखबरसँग भने, ‘चाँडै यसबारे निधो दिनेछौं ।’

‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ । जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत दीपकले गरे ।

मंसिरमा चुनाव, त्यसपछि विश्वकप फुटबल र जाडोयामका कारण पनि तिहारको बिदातर्फ दीपकको नजर सोझिएको छ । तिहारमा आठ दिन लगातार सार्वजनिक बिदा भएकाले पनि बक्स अफिसको लागि उपयुक्त हुन सक्छ ।

हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’मा दीपकसहित दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, बेनिशा हमाल र मलिना जोशीको प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?