+
+

महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १२:२७
असन क्षेत्रका सार्वजनिक स्थलका पसल हटाउन माइकिङ्ग गर्दै नगर प्रहरी । फाइल तस्वीर

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ ।

महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए ।

भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौं, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।

केहि व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैले हटाएका छन भने केहिलाई महानगरले हटाउन दबाब दिइररहेको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरु, नक्सा विपरीत प्रयोग भएका वेसमेन्टहरु, मापदण्ड विपरीत होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?