+
+
Shares

स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:४०

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भिसले सञ्चालन तैयारी गरेको यूपीआई नेपाल क्यूआरबीच अन्तरआवद्धताका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गेटवे पेमेन्ट सर्भिसका महाप्रबन्धक प्रवीण रेग्मीले हस्ताक्षर गरे ।

सम्झौतासँगै मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने आश दुवै पक्षले लिएको छ ।

नेपाल राष्ट्र बैंकले २१ माघ २०७८ मा जारी गरेको परिपत्र मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) लाई अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता भएको कम्पनीको भनाइ छ।

यस सम्झौता अनुसार यूपीआई नेपाल क्यूआरको सुविधा लिने विभिन्न ब्यापार-व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक (पीएसपी) वालेट तथा मोबाइल बैंकिङ एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन् । साथै स्मार्ट क्यूआर मार्फत भुक्तानी लिंदै आएका ब्यापार-व्यवसायले यूपीआई नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?