+

डा. दिव्य सिंह शाह भन्छिन्, ‘खराब खानपानले मिर्गौलामा समस्या हुन्छ’

२०७९ असोज  १९ गते १९:५४ २०७९ असोज १९ गते १९:५४
डा. दिव्य सिंह शाह भन्छिन्, ‘खराब खानपानले मिर्गौलामा समस्या हुन्छ’

मानव शरीरको महत्त्वपूर्ण अङ्गहरू मध्येको एक हो मिर्गौला । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मिर्गौलाले हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ ।

मिर्गौलाले राम्ररी काम गर्न सकेन भने शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन पाउँदैन । आखिर किन मिर्गौलाले राम्ररी काम गर्न सक्दैन ? किन मिर्गौला खराब हुन्छ ?

हरेक रोगहरूको जड खरब खानपान भनिन्छ । मिर्गौलाको समस्यामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खानपानको सम्बन्ध हुन्छ ।

खासगरी उच्च रक्तचाप र मधुमेह जस्ता रोगको कारण मिर्गौला खराब हुने गर्छ । उच्च रक्तचाप र मधुमेहको एक प्रमुख कारण खानपान नै हो । त्यसैले मिर्गौला फेल हुनको अप्रत्यक्ष कारण खानपान भएको मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह बताउँछिन् ।

खानपान र जथाभाबी औषधीको सेवनले मिर्गौलामा असर

अधिक मात्रामा प्रोटिन भएको खानेकुरा जस्तै माछा मासु, दूध, गेडागुडी, तोफुको अत्यधिक सेवनले मिर्गौलाको समस्या निम्ताउन सक्छ । कम पानी पिउने र कोक फन्टा जस्ता गुलिया पेय पदार्थको बढी सेवनले मिर्गौलाको समस्या निम्ताउन सक्ने शाही बताउँछिन् । ‘नेपाल लगायत विश्व भरि नै मिर्गौला फेल हुने  मुख्य कारक मधुमेह हो । मधुमेह र उच्च रक्तचापको मुख्य कारण अव्यवस्थित जीवनशैली र खानपान हो ।’

कृतिम गुलियो पेय पदार्थ, भुटेको तारेको खानेकुरा, फस्ट फुड, जङ्क फुड आदिले मधुमेह र उच्च रक्तचाप बढाउँछ र मिर्गौलामा पनि समस्या निम्ताउन सक्छ । त्यसको साथै मद्यपान, धूम्रपान पनि मिर्गौलाको समस्या निम्ताउने कारक हो । चाडबाडको बेलामा त झन् धेरै मद्यपान गर्ने चलन छ यसले पनि मिर्गौलामा समस्या निम्ताउन सक्ने उनी बताउँछिन् ।

 

जथाभाबी जडीबुटी, भस्महरूको सेवनले पनि मिर्गौला बिगार्न सक्छ । जथाभाबी पेनकिलर र यान्टिबायोटिकको सेवनले मिर्गौलामा असर पुग्छ । कसैलाई औषधीको एलर्जीको कारणले पनि मिर्गौला खराब हुन सक्ने डा. शाहीले बताइन् ।

मिर्गौला स्वास्थ्य बनाउने खानपान

– प्रशस्त मात्रामा पानी पिउने ।

– सबै प्रकारका पौष्टिक पदार्थ कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठिक्क परिणाममा पाइने हिसाबले सन्तुलित खाना खाने ।

– साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी ठिक परिमाणमा दैनिक भोजनमा समावेश गर्ने ।

– बढी चिल्लो भएको भुटेको तारेको खानेकुरा कम खाने ।

– बजारमा पाइने क्यान जुस, कोक फन्टा जस्ता पेय पदार्थको सेवन गर्नु भन्दा फलफूलको सेवन गर्ने ।

– बट्टामा तथा प्याकेटमा प्याक भएको खानेकुरा कम खाने ।

– मैदा तथा मैदाजन्य खानेकुराहरू नखाने ।

–  डाक्टरको सल्लाह बिना जथाभाबी पेनकिलर र यान्टिबायोटिकको सेवन नगर्ने ।

– रक्सी चुरोटको सेवन नगर्ने ।

जीवनशैली मिर्गौला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय