+
+

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते ८:३०

२० असोज, धनगढी ।कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका-१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?