+
+

बाइडेनको चेतावनी- पुटिनको आणविक हतियार प्रयोगको धम्की ठट्टा होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १०:२०
Photo Credit : REUTERS/Tom Brenner

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्दामिर पुटिनको आणविक हतियार प्रयोग गर्ने धम्की सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटपछि सबैभन्दा ठूलो खतरा रहेको चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने धम्की दिइरहेको बेला बाइडेलनको यस्तो चेतावनी आएको हो ।

रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपतिले वासिङ्टन हाउसमा सञ्चार माध्यमसँग कुरा गर्दै आफूले पुटिनलाई राम्रोसँग चिनेको बताए । पुटिनले आणविक वा रासायनिक हतियारको प्रयोगको बारेमा कुरा गर्छन् भने उनले ठट्टा नगर्ने बाइडेनले बताए । रुसी सेनाले युक्रेनविरुद्ध कमजोर प्रदर्शन गरिरहेको बेला पुटिनले आणविक, रासायनिक वा जैविक हतियारको कुरा गरेको बाइडेनले संकेत गरे ।

बाइडेनले केनेडी र क्युबाली क्षेप्यास्त्र संकटपछि विश्वले यस स्तरको आणविक हतियार प्रयोगको सम्भावनाको सामना नगरेको बताए ।

बाइडेनले भने, ‘क्युबाबाली क्षेप्यास्त्र संकटपछि पहिलोपटक, हामीसँग परमाणु हतियारको प्रयोगको प्रत्यक्ष खतरा छ ।’ उनले पुटिनमाथि ध्यान दिइरहेको र अमेरिकाले दिनसक्ने सम्भावित प्रतिक्रियाबारे सोचिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?