+
+

घोराही–लमही सडक एकतर्फी सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १७:०८

२२ असोज, दाङ । शुक्रबार राति पहिरोका कारण अवरुद्ध लमही–घोराही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

लगातार वर्षाका कारण शुक्रबार राति मसोट खोला नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउनेक्रममा अहिले मोटरसाइकल र साना गाडी एकतर्फी रुपमा चल्ने गरी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए ।

सडक पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने उनले बताए । शनिबार बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले पहिरो पन्छाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?