+
+

नवौं राष्ट्रिय खेलकुद : विभागीय टिमकै दबदबा, आर्मीको अग्रता

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ कात्तिक १ गते २१:२१
जयरानी थारु ।

१ कात्तिक, काठमाडौं । गण्डकीमा प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन अधिकांश खेलका स्पर्धाहरुमा पदकको छिनोफानो आउन थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराएको मंगलबार साँझसम्मको पदक तालिका अनुसार त्रिभुवन आर्मी क्लब ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्यसहित पहिलो स्थानमा छ । यसअघि आठौं राष्ट्रय खेलकुदमा पनि आर्मी च्याम्पियन बनेको थियो ।

पुलिस ३० स्वर्ण, २४ रजत र ३७ कांस्यसमित आर्मीलाई पछ्याइरहेको छ । एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य जितेको छ । वागमती प्रदेशले १५, गण्डकीले १२, सुदूरपश्चिमले ७, एनआरएनएले ९, मधेशले ५, प्रदेश १ ले ३, लुम्बिनीले २ र कर्णालीले १ स्वर्ण जितेका छन् ।

त्रिभुवन आर्मीकी जयरानी थारुले मंगलबार राष्ट्रिय कीर्तिमानसहित तेस्रो स्वर्ण जितिन् । उनले लङजम्पमा स्वर्ण जितेकी हुन् । यसअघि १०० र ४०० मिटर हर्डल्समा पनि उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

मंगलबार एथलेटिक्सको ६ स्पर्धाको पदक छिनोफानो हुँदा एपीएफले ३, आर्मीले २ र गण्डकीले एक स्वर्ण जिते । महिला क्रिकेटमा पहिलोपल्ट सहभागी टिम नेपाल पुलिसले पूर्व च्याम्पियन एपीएफलाई हराएर स्वर्ण जित्यो ।

मंगलबार सम्पन्न पौडी प्रतियोगितामा त्रिभुवन आर्मी २० स्वर्ण, ९ रजत र ७ कांस्य जित्दा आर्मीकै लागि खेलेकी डुवाना लामा एक्लैले ९ स्वर्ण जितिन् । डुवानाले मंगलबार दुई स्वर्ण थपेकी हुन् ।

भारोत्तोलनमा पुलिसका विकास थापा र तारादेवी पुनले समान ८१ केजी तौलसमूहको आआफ्नो स्पर्धाम राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । मंगलबार स्वर्ण छिनोफानो भएका केहि खेलका तस्वीरहरु हेर्नुहोस् ।

मंगलबारका पदक विजेताहरु

क्रिकेट महिलातर्फ विभागीय भिडन्तमा एपीएफलाई ५ रनले हराउँदै आफ्नो पहिलो प्रतियोगितामै च्याम्पियन बन्न सफल नेपाल पुलिस टिम । यसअघि नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा भदौमै भएको पुरुष क्रिकेटमा पनि पुलिसले स्वर्ण जितेको थियो ।
चार समय मिटर महिला दौडमा स्वर्ण जितेकी एपीएफकी रमिता कुमारी थारु । उनले राष्ट्रिय खेलकुदमा पहिलो पटक स्वर्ण जितेकी हुन् । साथै ५८.१० सेकेण्ड ह्यान्ड टाइमिङको कीर्तिमान पनि बनाइन् ।
मंगलबार सम्पन्न पौडी प्रतियोगितामा अन्तिम दिन चार स्वर्ण थपेको त्रिभुवन आर्मी २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै टिम च्याम्पियन बनेको छ । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो भयो धने एपीएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो ।
चार सय मिटर पुरुषमा स्वर्ण जित्नेका त्रिभुवन आर्मी क्लबमा सोमबहादुर कुमाल । सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् ।
नवौं राष्ट्रिय खेलकुदमा तीन कीर्तिमानसहित तीन स्वर्ण जितेकी आर्मीकी जयरानी थारु । उनले मंगलबार लङजम्पमा ५ मिटर ५८ सेन्टिमिटरको कीर्तिमानसहित स्वर्ण जितिन् । यस्तै लङजम्प पुरुषमा एपीएफका सलिम देवानले कीर्तिमानसहित स्वर्ण जिते । उनले ७.०६ मिटर जम्प हाने ।
म्याराथन पुरुषतर्फ स्वर्ण जितेका गण्डकी प्रदेशका अनिश थापा मगर । भारतीय सेनामा कार्यरत अनिशले घरेलु टिम गण्डकी प्रदेशका लागि खेल्दै निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गरे ।
म्याराथनमा महिलामा स्वर्ण जितेकी एपीएफकी विन्द्रा धान्के श्रेष्ठ । पहिलो पटक म्याराथन सहभागिमै स्वर्ण जितेकी उनले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन् ।
लगातार छैटौंपल्ट राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने दुर्लभ सफलता पाएकी नेपाल पुलिसकी तारादेवी पुनले भारोत्तोलनको ८१ केजी तौलसमूहमा तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । ताराले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा १०२ केजी तौल उचालिन् । कुल १७२ केजी पनि उनको कीर्तिमान हो ।
पौडी प्रतियोगितामा आर्मीकी डुवाना लामाले ९ स्वर्ण, १ रजतसहित सर्वाधिक १० पदक जितिन् । यस्तै आर्मीकै नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक नै जिते ।

लङजम्पमा सहभागी त्रिभुवन आर्मीका खेलाडी ।

फुटबलमा घरेलु टिम गण्डकी प्रदेशलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?