+

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

२०७९ कात्तिक  ३ गते १४:२९ २०७९ कात्तिक ३ गते १४:२९
घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने सुविधा छ, अहिले । आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ । यद्यपि गर्भपतनका लागि अहिले औषधि पनि उपलब्ध छ, जसका लागि अस्पताल जानैपर्ने अवस्था नहुन सक्छ । घरमै बसेर पनि गर्भपतन गर्न सकिन्छ ।

तर घरमै गर्भपतन गराउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । यसमा आउन सक्ने जटिलता के के छन् ?

औषधिबाट घरमै गर्भपतन

घरमै गर्भपतन गराउन सकिन्छ । यसको प्रचलित र प्रभावकारी विधि औषधि सेवन हो । औषधि सेवन गरेर घरमै सुरक्षित गर्भपतन गराउने विधि लामो समयदेखि चल्दै आएको छ । यो विधिमा पाँचवटा औषधि सेवन गर्नुपर्ने हुन्छ ।

औषधिको पहिलो मात्रा अस्पताल वा गर्भपतनको लागि मान्यता प्राप्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराएर गर्नुपर्छ भने बाँकी चार मात्रा घरमै सेवन गर्न सकिन्छ । कोरोना महामारीको समयमा भने फोनमार्फत परामर्श लिएर औषधिको माध्यमबाट गर्भपतन गराउने सुविधा थियो ।

घरमा गर्भपतन गराउनुअघिको तयारी

घरमै गर्भपतन गराउनु परेमा केही तयारी गर्नुपर्ने हुन्छ । गर्भपतन गराउने औषधिको सेवनपछि पेट दुख्ने भएकाले घरमा पेनकिलर राख्नुपर्छ । रगतको माध्यमबाट गर्भ खेर जाने भएको घरमा प्याडको व्यवस्था गर्नुपर्छ । साथै पानी र सफा शौचालयको पनि उचित व्यवस्था हुनुपर्छ ।

गर्भ रहेको कति दिनमा गर्भपतन ?

१० हप्तासम्मको गर्भ औषधि सेवनबाट गर्भपतन गराउन सकिन्छ ।

सम्भावित जटिलता

औषधि सेवन गरेर गर्भपतन गराउँदा खासै ठूलो जटिलता त देखा पर्दैन । तर कहिलेकाहीं पूर्ण रूपमा भ्रुण नष्ट नहुने, धेरै रगत बग्ने र पेट दुख्नेजस्ता जटिलता देखा पर्न सक्छन् । यसले दीर्घकालीन रूपमा भने केही असर गरेको अहिलेसम्म देखिएको छैन । तर कसैकसैलाई केही समय एलर्जी, ज्वरो, वाकवाकी र पखाला लाग्नेजस्ता सामान्य समस्या देखा पर्न सक्छन् ।

रक्तश्रावको भय

एक घण्टामा दुईवटा प्याड भिज्ने गरी रगत गयो भयो भने त्यो धेरै रक्तस्राव हो । धेरै रक्तस्राव भएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

पूर्ण रुपमा भ्रुण नगएमा

गर्भपतनको औषधि खाएर पूर्ण रूपमा भ्रुण नष्ट भयो कि भएन भनेर जाँच गर्ने तरिका स्वास्थ्य संस्थामा सिकाइन्छ । यदि औषधि सेवन गर्दा पूर्ण रूपमा गर्भको भ्रुण नष्ट नभएमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

औषधिले गर्दैन हानि 

अढाइ महिनामा गर्भमा बच्चा ठूलो भइसकेको हुँदैन । त्यसैले औषधिको सेवन गरेर गर्भपतन गर्दा कुनै हानि हुँदैन । यो विधिमा प्रयोग गरिने औषधि भनेको महिलाको शरीरमा हुने हर्मोन नै हो । बच्चा जन्माउने बेलामा महिलाको शरीरमा जुन हर्मोन निस्कन्छ । त्यही हर्मोनको कृत्रिम रूप औषधि हो, जसले बच्चा बाहिर निकाल्न सहयोग गर्छ ।

संक्रमणको जोखिम ?

औषधिको सेवनबाट घरमै गर्भपतन गराउँदा संक्रमणको भय हुँदैन । यो विधिबाट गर्भपतन गराउँदा पाठेघरमा केही पनि राखिएको हुँदैन, त्यसैले संक्रमणको डर हुँदैन । यो विधि बच्चा जन्माउने प्राकृतिक उपायजस्तो हुन्छ ।

गोपनीय पनि  

घरमा गर्भपतन गराउँदा सकेसम्म एक जना साथीलाई बताउनु उचित हुन्छ । यसो गर्दा गर्भपतनको समयमा केही समस्या देखियो भने साथीको सहयोग लिन सकिन्छ । यदि गर्भपतन गराउने महिला स्वस्थ र तन्दुरुस्त छिन् भने उनी आफैंले गोप्य हिसाबले गर्भपतन गराउनु पनि जोखिमरहित नै हुन्छ ।

(मेरी स्टोपका क्लिनिकल म्यानेजर डा. रैफसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

गर्भपतन डा. अब्दुल रैफ
लेखक
डा. अब्दुल रैफ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै