+
+

गायक प्रकाश सपुतलाई पुत्रलाभ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते २२:१३

काठमाडौं । गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।

प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ ।

गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?