+

एएफसी यू-२० महिला छनोट: नेपाल समूह ‘बी’मा

२०७९ कात्तिक  १७ गते १२:५९ २०७९ कात्तिक १७ गते १२:५९
एएफसी यू-२० महिला छनोट: नेपाल समूह ‘बी’मा

१७ कात्तिक, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह ‘बी’मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हाे ।

यस समूहमा नेपालसँगै युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।

यस समूहको छनोट खेल प्यालेस्टाइनले आयोजना गर्नेछ । छनाेटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म हुनेछ ।

यू-२० महिला एसियन कपका लागि ३१ टोलीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।

एएफसी यू-२० महिला एसियन कप उज्वेकिस्तानमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

एएफसी यू-२० महिला एसियन कप नेपाल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय