+
+

बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते २०:३५

१८ कात्तिक, वीरगञ्ज । बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

शुक्रबार बिहान वीरगञ्ज पथलैया सडकखण्ड अन्र्तगत जितपुरसिमरा उपमहानगरपालिका–०९ मा उनलाई बा.प्र.–०६–००१ ख ०१२२ न.को बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पैदल यात्री श्रेष्ठलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । बसका चालक चितवन रत्ननगर नगरपालिका–४ बस्ने ३९ वर्षीय सुरेश राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?