+

धेरै तातो खानेकुराले आन्द्रामा असर गर्छ : डा. पौडेल

२०७९ कात्तिक  २२ गते १४:५० २०७९ कात्तिक २२ गते १४:५०
धेरै तातो खानेकुराले आन्द्रामा असर गर्छ : डा. पौडेल

काठमाडौं । जाडोयाममा तात्तातो खाना खानुको स्वाद दोब्बर हुन्छ । तातो झोल, थुक्पा, कफी, चिया पिउँदा ज्यान तंग्रिएको अनुभव हुन्छ । बेलाबखत त हामीलाई यति धेरै तातो खानेकुरा चाहिन्छ कि मुखले सहनै नसक्ने खालको ।

तर धेरै तात्तातो खानाले मुख, जिब्रो, अन्ननली, पेटमा कुनै असर पो गर्छ कि ? हामीले यिनै जिज्ञासा राखेका छौं, पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेलसँग ।

यसले पाचनयन्त्रमा केही असर गर्छ ?

हामीले जुनसुकै खानेकुरा खाए पनि होमियोस्टासिसले सन्तुलनमा ल्याउँछ । होमियोस्टासिसको काम भनेको चिसो वा तातो खानेकुरा खाए पनि ३७ डिग्री सेल्सियसमा ल्याउनु हो । त्यसैले धेरै तातो खानेकुरा खाँदा दीर्घकालीन भन्दा पनि तत्काल स्वास्थ्य समस्या ल्याउन सक्छ ।

तातो खानेकुरा मुखमा प्रवेश गर्ने बित्तिकै मुखको छाला पोल्छ । तातो खानेकुरा निल्न गाह्रो भएर ओकल्ने पनि गरिन्छ । निश्चित तापक्रमसम्मको खाना त जिब्रोले सहन्छ पनि । तर गिजा वा मुखभित्रको छाला भने निकै संवेदनशील हुने भएकाले तातोले पिल्सिने हुन्छ ।

यस्तो खाना मुखमा धेरै समय राख्न सकिंदैन, घुटुक्क निल्छौं । अब यसले घाँटीमा असर गर्न सक्छ । पोल्ने वा घाउ बनाउने डर हुन्छ । खानानली, आमाशय र ठूलो आन्द्राका सतह अझ नरम र संवेदनशील हुन्छ । धेरै पोल्ने खानेकुराले यी सबैमा असर गर्नसक्छ ।

आमाशयमा पनि पचाउन एक किसिमको एसिड पैदा हुन्छ । यस्तो एसिड बढी भयो भने वा खानाको सन्तुलन मिलेन भने पेटमा अल्सर वा घाउ बनाउने जोखिम हुन्छ । त्यसैले धेरै तात्तातो खानेकुुरा खाँदैमा शरीर तात्ने होइन ।

डा. विधाननिधि पौडेल

कसरी वा कति तापक्रमको खाने त ?

जाडोमा कफी, चिया, सुप, थुक्पा आदि धेरै तात्तातो खाने गरिन्छ । मुख नै पोल्नेगरी तातो खानु हानिकारक छ । सकेसम्म मुखले सहने तातो खानुपर्छ । त्यो पनि एकक्षण मुखमा खेलाएर मात्र निल्नुपर्छ ।

एकदमै तातो खानाले दाँतमा असर गर्छ ?

हो, दाँत पनि निकै संवेदनशिल हुन्छ । धेरै चिसो वा धेरै तातो खानेकुराले दाँतमा प्रत्यक्ष असर गर्छ । तपाईं जुनसुकै खानेकुरा खानुहोस्, त्यसको असर दाँतलाई नै पर्ने हो ।

धेरै तातो पेय वा खानेकुराले दाँतको प्राकृतिक इनामेल नष्ट गर्न सक्छ । यसले गर्दा दाँत बिस्तारै कमजोर हुने, खिइने, मक्किने हुनसक्छ ।

एकदमै तातो खानेकुरालाई जिब्रोले कसरी सहन्छ ?

तातो खानेकुरा खाने बित्तिकै सबैभन्दा पहिला हानि गर्ने भनेकै जिब्रोमा हो । जिब्रोको छाला नै पोल्ने, उप्किने हुनसक्छ । तपाईं आफैंले अनुभव गर्न सक्नुहुन्छ, एकदमै तातो खानेकुरा खाएपछि जिब्रो लाटिने हुन्छ । यस्तो स्थिति केही दिनसम्म पनि रहन सक्छ ।

धेरै तात्तातो खानेकुरा पचाउन गाह्रो हुन्छ ?

पचाउनकै लागि त खास समस्या हुँदैन । किनभने पचाउने अवस्थासम्म आइपुग्न धेरै समय गुज्रिनुपर्ने हुन्छ । मुख, घाँटी, खानानली, आमाशय हुँदै अगाडि बढ्दा खानाको तापक्रम सन्तुलित भइसक्छ ।

खाना पेटमा पाँच घण्टासम्म रहन्छ । तबसम्म शरीरले तातो वा चिसो सहन सक्ने सन्तुलन बनाइसकेको हुन्छ । यद्यपि धेरै तात्तातो खानेकुराले ग्याष्ट्रिकको समस्या निम्त्याउँछ ।

कति तातो खानेकुरा खाने भन्ने कुनै मात्रा छ ?

हाम्रो शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । ३७ देखि ५० सम्मको तापक्रम भएको खानेकुरा सेलाएर वा मनतातो बनाएर खान सकिन्छ ।

(डा. विधाननिधि पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । रुसबाट ग्याष्ट्रोइन्टरोलोजीमा एमडी गरेका उनी सिभिल अस्पतालका कार्यकारी निर्देशक समेत हुन् ।)

डा. विधाननिधि पौडेल तातो खाना
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?