+
+

भारतीय अभिनेत्री सबाना आजमीले काठमाडौंमा रंगमञ्चको ‘मास्टरक्लास’ दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १५:०३

काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् ।

मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने जनाएको छ ।

भारतीय सर्वोच्च सम्मानहरु पद्मश्री र पद्मभूषणबाट सम्मानित अभिनेत्रीले नाट्य महोत्सवको दौरान हुने इनोभेटिभ आइडिया अवार्ड वितरण गर्ने भएकी छन् । सन् १९७४ मा श्याम बेनेगल निर्देशित फिल्म ‘अंकुर’बाट आजमीले अभिनय करिअर थालेकी थिइन् ।

नाट्य महोत्सवमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटक मञ्चन हुँदैछन् । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव’ नारासहित महोत्सव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?