
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ ।
बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे । उनले खेलको ४४औं मिनेटमा टोबी एल्डरवाएरल्डको पासमा गोल गरे । रोमेलु लुकाकु घाइते रहेकाले प्रशिक्षक रोबर्टो मार्टिनेजले बात्सुईलाई पहिलो रोजाइमा खेलाएका थिए ।
क्यानडाले खेलको ११औं मिनेटमै गोल गर्ने अवसर गुमाएको थियो । बेल्जियमका यानिक कारस्कोले बल ह्याण्ड गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर अल्फन्सो डेभिसले प्रहार गरेको पेनाल्टी बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले रोके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4