+
+

कोमल वली र हिमेश पन्त चुनावमा पराजित, रेखा थापा तेस्रोमा पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ११:४५

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिब्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए ।

धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए । यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी रहे ।

मोरङ-३ मा जारी मतगणनामा (बिहान ११ः३० सम्म) अभिनेत्री तथा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । रेखाले ९ हजार ९३९ मत ल्याउँदा कांग्रेसका सुनिलकुमार शर्मा ४३ हजार १६५ मत ल्याउँदै अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ, काठमाडौं-६ मा स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठ र कलाकार मधुसुदन पाठक ‘सिते बा’ पराजित भइसकेका छन् ।

प्रदेशतर्फ कांग्रेसबाट फिल्म निर्माताद्वय रोज राणा र मधुकुमार श्रेष्ठ तथा एमालेबाट वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । ‘२ नम्बरी’ फेम्ड फिल्म निर्माता तथा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ मनाङबाट प्रदेश सदस्यमा निर्विरोध भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?