+
+

बैतडीमा गाउँपालिका अध्यक्षलाई पार्टीबाट निष्काशन गर्न एमालेको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १९:४८

२१ मंसिर, धनगढी । नेकपा एमालेको बैतडी जिल्ला कमिटीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।

मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बुधबार बसेको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।

प्रदेशसभा सदस्य तथा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरिएको जानकारी दिए । एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताए ।

चन्द ३० वशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

४ मंसिरमा सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभामा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र प्रदेशसभा (१) मा जिल्ला अध्यक्ष विजयी भएका थिए तर उनको क्षेत्रमा पर्ने प्रदेशसभा (२) का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भएका थिए । भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निश्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?